राष्ट्र प्रमुखबाट महारानी एलिजावेथको नाम हटाउने बार्बेडोसको घोषणा

काठमाडौंः क्यारिबियन टापु मुलुक बार्बेडोसले आफ्नो राष्ट्र प्रमुखको पदवीबाट बेलायती महारानी एलिजावेथको नाम हटाउने घोषणा गरेको छ ।

उपनिवेशको विल्ला भिरेर बस्ने समय सकिएको बताउँदै बार्बेडोस सरकारले राष्ट्र प्रमुख मानिदै आएको बेलायती महारानी एलिजावेथको नाम हटाएर गणतन्त्र घोषणा गर्ने जनाएको हो ।

यो प्रक्रिया नोभेम्बर २०२१ सम्ममा सम्पन्न गर्ने बार्बेडोसकी प्रधानमन्त्री मिया मोट्लीले जनाएकी छिन् । सन् १९६६ मा बेलायतबाट स्वतन्त्र भएको बार्बेडोसका जनताले आफ्नै मुलुकको नागरिकलाई राष्ट्र प्रमुख बनाउन चाहेको मोट्लीले बताएकी हुन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *