अध्यादेशका विषयमा छलफलनै नगरी मन्त्रिपरिषद बैठक सम्पन्न

संवैधानिक परिषद सम्वन्धी अध्यादेशका विषयमा छलफलनै नगरी मन्त्रिपरिषद बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा अध्यादेशबारे केही पनि छलफल नभएको बुझिएको छ । मंगलबार सरकारले संवैधानिक परिषद सम्वन्धी सरकारले अध्यादेश ल्याएको थियो । जसको संविधानविददेखि सत्तारुढ नेकपा तथा प्रमुख प्रतिपक्ष कांग्रेस लगायत दलहरुले तिव्र विरोध गरेपछि सरकार दबाबमा परेको हो । नेकपाको बुधबार बसेको स्थायी समिति बैठकले अध्यादेश फिर्ता लिने दबाब दिएसँगै प्रधानमन्त्रीले फिर्ता लिने सहमति गरेका थिए । अध्यादेश जारी भएपछि फिर्ता लिनपनि मन्त्रिपरिषद बैठक बसेर अर्को अध्यादेश ल्याउनुपर्ने संवैधानिक प्रावधान रहेको छ । यसअघि पनि परिषद र दलसम्वन्धी अध्यादेश वैशाख १२ मा ल्याएर सरकारले फिर्ता गरेको थियो । पटक पटक अध्यादेश ल्याउदै फिर्ता गरेपछि मन्त्रिपरिषदको निर्णय र राष्ट्रपतिको कदम विवादमा पर्दै आएको छ ।
प्रधानमन्त्रीले मुख्यसचिवलाई ल बैठक सुरु गर्नोस् भनेपछि बैठक नियमित एजेण्डाहरुमा प्रवेश गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले अपेक्षा गरिएअनुसार  संसदको हिउँदे अधिवेशनबारे पनि कुनै निर्णय गरेको छैन। भारतीय धार्मिक गुरु जगत्‌गुरु कृपालुजी महाराजको पहलमा काठमाडौँको नागार्जुन क्षेत्रमा निर्माणाधीन कृष्ण मन्दिरसम्बन्धी परियोजनालाई भने बिहीबारको मन्त्रिपरिषद्ले राष्ट्रिय गौरवको आयोजना बनाउने निर्णय गरेको छ। उक्त मन्दिर करिब ७ अर्बको लागतमा बन्दै गरेको एक मन्त्रीले जानकारी दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *