अख्तियार प्रमुखमा प्रेमकुमार राई सिफारिस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन्।

संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले राईको नाम सिफारिस गरेको  स्रोतले जानकारी दियो।

अन्य निकायहरुमा पनि नियुक्ति सिफारिसको निर्णय भएको छ।

सरकारले पुस २९ गते संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेको थियो। लगत्तै ३० गतेको बैठकले सिफारिसको निर्णय लिएको हो।

अख्तियारमा सिफारिस भएका राई प्रधानमन्त्री केपी ओलीनिकट मानिन्छन्। उनले झन्डै एक वर्षअघि सचिवबाट अवकाश पाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *