‘चिनियाँ सैनिक भारतीय क्षेत्रमा प्रवेश’

खबर टाइम्स अफ इन्डियाले चिनयाँ सैनिक भारतीय क्षेत्रमा प्रवेश गरेको जनाएको छ । खबर टइम्सका अनुसार भारत–चीन सीमाको लेह क्षेत्रबाट १३५ किलोमिटर पूर्वमा रहेको न्योमा क्षेत्रको चानताङ गाउँमा चिनियाँ सैनिक दुईवटा गाडी मार्फत भारतीय क्षेत्रमा प्रवेश गरेको छ ।

स्थानीय बासिन्दाले आइतबार चिनियाँ सैनिक भारतीय क्षेत्रमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा सेयर गरेका थिए । दुई गाडीमा रहेका चिनियाँ सैनिकको एक समूह भारतीय क्षेत्रमा प्रवेश गरेका टाइम्स अफ इन्डियाले जनाएको छ ।

चिनियाँ सैनिकहरु सादा पोशाकमा रहेको र उनीहरुले स्थानीय गोठालाहरुलाई सो क्षेत्रमा पशु चरन नगर्न भनेका थिए । तर स्थानीय बासिन्दाको विरोधपछि चिनियाँ सैनिक फिर्ता भएको दाबी पत्रिकाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *