नबिल बैंकका शेयरधनीले सबैभन्दा बढी ३५.२६ प्रतिशत लाभांश पाउने

नबिल बैंकले शेयरधनीहरुलाई ३५.२६ प्रतिशत लाभांश वितरण गर्नेनबिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

बैंक संचालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीहरुलाई ३५.३६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले शेयरधनीहरूलाई ३३.५ प्रतिशत बोनस शेयर अर्थात १०० कित्ता बराबर ३३.५ कित्ता र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *