प्रचण्डले भेटे बादललाई, ओली पक्षको भेलामा गएनन् बादल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुल्चोक पुगेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेका छन् ।

संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि ओली र प्रचण्डले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका बेला दाहालले मंगलबार बिहान बादललाई भेटेका हुन् । भेटमा प्रचण्डले आफूलाई साथ दिन भनेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *