नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु 

नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बबरमहलमा सुरु भएको छ ।

केन्द्रीय कमिटी बैठकअघि यो समूहको स्थायी कमिटी बैठक पनि साेही ठाउँमा बसेको थियो ।

स्थायी कमिटीअघि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल साथै वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठबीच बैठकका एजेन्डाबारे छलफल भएको थियो ।

आजको केन्द्रीय कमिटी बैठकले महासचिवको चयन गर्ने र संसद् विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *