प्रभु लाइफको आईपीओ बाँडफाँड भोलि विहान ११ बजे

प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधरणमा निष्कासन गरेको प्राथमिक शेयर पुस १० गते शुक्रबार बाँडफाँड हुने भएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार क्यापिटलको कार्यालयमा विहान ११ बजे शेयर बाँडफाँड हुनेछ।

कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म कूल ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । सो मध्ये सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई ३/३ लाख कित्ता छ्ट्टाएर ५४ लाख कित्ता शेयरका लागि सर्वसाधरणबाट आवेदन माग गरिएको थियो ।

कम्पनीको आईपीओमा सर्वसाधारणबाट माग भएको तुलनामा ५.४२ गुणा बढी कित्ताको आवेदन परेको छ । जसको आधारमा प्रभु लाइफको आईपीओ ५० प्रतिशत भन्दा कम आवेदकले मात्रै पाउने भएका छन् । कम्पनीको आईपीओमा उच्च आवेदन पर्दा आधाभन्दा बढी आवेदकको हात खाली हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *