गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु

गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ ।

बुटवलबाट खाद्यान्न बोकेर तम्घास तर्फ आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारीस्थित मसिने खोलामा आज विहान साढे २ बजेतिर ठक्कर दिँदा  रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारी बस्ने २६ वर्षीय टोप बहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको घटनास्थलमै मृत्यु भएको छ ।  चालक र ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ ।शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *