‘गर्भवती तथा सुत्केरी’ महिलाको निःशुल्क कोराना बीमा

बुटवल । रुपन्देहीको सैनामैना नगरपािलकाले नगरभित्र रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ । नगरले ‘उपप्रमुख सँग महिला कार्यक्रम’ अन्तर्गत बीमा गरिदिने भएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला नगरमा रहेका गर्भवती र सुत्केरी महिलाहरुको १ लाखको निःशुल्क कोराना बीमा गर्न थालिएकोे नगर उपप्रमुख बीना रानाले बताइन् ।

बीमाले महिलामा रोगसँग लड्ने मानसिकताको थप विकास हुने र यदि कोरोना लागिहाने पनि केही आर्थिक सहयोग हुने अपेक्षा गरिएको छ ।

नगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार गर्भवती तथा डेढ महिनाको सुत्केरी महिला बीमा कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

नगरमा रहेका सबै गर्भवती तथा सुत्केरी महिलाहरुलाई आफ्नो नजिकै रहेका स्वास्थ्य स्वयंमसेवीकालाई सम्पर्क गर्न नगर स्वास्थ्य शाखाको अनुरोध छ ।

बीमाका लागि नागरिकता आवश्यक पर्दछ । नागरिकता नभएको खण्डमा वडाको सिफारिस आवश्यक पर्ने नगरपालिकाले जनाएको छ । बीमाको अवधि १ वर्ष हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *