प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई

विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनमा एपीएफलाई ३३ रनले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

च्याम्पियन आर्मीले नगद १० लाख र उपविता एपीएफले ५ लाख पाउनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उपाधिका लागि आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याएको एपीएफले ४१.३ ओभरमा सबै विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो । ओपनर आसिफ शेखले अर्धशतक बनाएपनि अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न नसक्दा एपीएफले पूरा ओभर ब्याटिङ गर्न समेत सकेन ।

पहिलो संस्करणमा नेपाल पुलिससँग उपाधि बाँडेको आर्मी दोस्रो संस्करणमा एपीएफसँग पराजित भएको थियो । तेस्रो संस्करणको फाइनलमा नेपाल पुलिससँग पराजित भएको थियो । तर यो पटक उसले समूह चरणमा  व्यहोरेको हारको बदला लिँदै च्याम्पियन बन्यो ।

एपीएफलाई अलआउट गर्न आर्मीका विक्रम सोब, जितेन्द्र मुखिया र शहाब आलमले समान ३ विकेट लिए । यस्तै सुशन भारीले १ विकेट लिए ।

आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याउने क्रममा आसिफ शेख र सुवास खकुरेलले पहिलो दुई ओभरमै २० रन जोड्दै एपीएफलाई आक्रमक सुरुवात दिलाएका थिए । तेस्रो ओभरमा थप एक रन जोडेको एपीएफले चौथो ओभरको सुरुमै लगातार दुई विकेट गुमायो ।

१४ रन बनाएका सुबास जितेन्द्र मुखियाको बलमा विनोद भण्डारीबाट क्याचआउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न क्रिजमा गएका कप्तान शरद भेषावकर पनि मुखियाको बलमा विनोदबाट क्याचआउट भए ।

दुई विकेट झरेपछि एपीएफको इनिङ्स सुस्ताएको थियो । तर आसिफले एक छेउबाट इनिङ्स सम्हाल्दै तेस्रो विकेटका लागि ७१ रनको साझेदारी गरे ।

आर्मीका शहाब आलमले २०औं ओभरमा शंकर रानालाई आउट गर्दै उक्त साझेदारी तोडे । शंकरले ४७ बल खेल्दै तीन चौका मद्दतमा २१ रन बनाए । २७औं ओभरको पहिलो बलमा आसिफ शेख आउट भएपछि एपीएफले ११७ रनमा चौथो विकेट गुमायो । ७१ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा ६१ रन बनाएर आसिफ मुखियाको बलमा रोहित पौडेलबाट क्याचआउट भए । ३२औं ओभरको तेस्रो बलमा सुमित महर्जन विक्रम सोबको बलमा हरि चौहानबाट क्याचआउट भए ।  सुमितले ४० बल खेल्दै १ चौका र १ छक्का मद्दतमा १९ रन बनाए ।

३७औं ओभरको तेस्रो बलमा भुवन कार्कीलाई विक्रम सोबले एलबीडब्ल्यु धरापमा पारे । यस्तै ३९औं ओभरको अन्तिम बलमा सोबले सन्दिप जोरालाई हरि चौहानबाट क्याचआउट गराएपछि एपीएफको इनिङ धर्मराएको थियो ।

४१औं ओभरको अन्तिम बलमा अमर राउटेलालाई सुशन भारीले एलबीडब्ल्यु धरापमा पारेपछि आठौं विकेट गुमायो । ४२औं ओभरको दोस्रो बलमा मा  कमल ऐरी व्यक्तिगत २ रन बनाउ शहाब आलमको बल बोल्ड भए ।

त्ययसको अर्को बलमा बहाबले अभिनाश बोहरालाई एलबीडब्लु धरापमा पार्दै एपीएफको इनिङ्स समाप्त पारिदिए ।

आर्मीमा लागि व्रिकम सोब र जितेन्द्र मुखियाले ३-३ विकेट लिए । सुशन भारीले १ विकेट लिए । विक्रमले ९ ओभर बलिङ गर्दै २७ रन मात्र खर्चिए । यस्तै जितेनद्रले ९ ओभरमा १ मेडन राख्दै ३७ रन खर्चिए । शहाबले ९.३ ओभरमा २ मेडन राख्दै २८ रन खर्चिए ।

त्यसअघि टस हारेर व्याटिङको निम्तो पाएको आर्मीले हरि चौहानको अर्धशतकिय इनिङ्समा ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनाएको थियो ।

हरिले सर्वाधिक ५८ रन बनाए । यस्तै राजेश पुलामी मगरले २८ रन बनाए । शहाब आलमल २५ रनमा अविजित रहे । अन्य खेलाडीले उल्लेख्य ब्याटिङ गर्न सकेनन् । एपीएफका लागि अभिनाश बोहरा एक्लैले ४ विकेट लिए ।

आर्मीले अनिल मण्डसँगै बलर सुशन भारीलाई ओपनिङ गराएको थियो । ९ ओभरमा दुई जनाले ३२ रनको साझेदारी गरेका थिए । तर किशोर महतोले भारीलाई नवौं ओभरको अन्तिम बलमा विकेटकिपर सुबास खकुरेलबाट क्याचआउट गराए ।

अर्को ओभरको पहिलो बलमा अभिनाश बोहराले अर्का ओपनर मण्डललाई आसिफ शेखबाट क्याचआउट गराएपछि आर्मीले ३२ रन हादा २ विकेट गुमायो । त्यसपछि भिम शार्की ७ रन बनाएर १८औं ओभरको पहिलो बलमा आउट भए । अभिनाश बोहराको बलमा सुवास खकुरेलबाट धिम क्याचआउट भए । धिमले ३६ बल खेल्दै जम्मा ७ रन बनाए । भिम आउट भएपछि पाँचौ नम्बरमा ब्याटिङ गरेका रोहितसंग ऐरीले चौथो विकेटका लागि ४१ रनको साझेदारी गरे ।

तर १३ रन बनाएका रोहित कुमार पौडेल, भुवन कार्कीको बलमा अमर राउटेलाबाट २७औं ओभरको दोस्रो बलमा क्याचआउट भए । कप्तान विनोद भण्डारी पनि ७ रन बनाएर आउट हुँदा आर्मीले ३३.४ ओभरमा १०७ रन हुँदा पाँच विकेट गुमायो । उनलाई कमलले एलबिडब्ल्यु धरापमा पारे । राजेशले २९ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा २८ रन जोडे ।

यस्तै छैटौं विकेटका लागि हरिले राजेश पुलामी मगरसँग ४४ रनको साझेदारी गरे । त्यसपछि आठौं नम्बरमा ब्याटिङ गरेका लोकेश बामले आक्रमक ब्याटिङ गर्दै आर्मीको रन गति बढउने प्रयसा गरेका थिए । तर ९ बल खेल्दै २ छक्का मद्दतमा १५ रन बनाएर लोकेश ४५औं ओभरको चौथो बलमा आउट भए । अभिनाशले किशोर महतोको हातबाट लोकेशलाई क्याचआउट गराए ।

४७औं ओभरको पहिलो बलमै एपीएफका अभिनाश बोहराले हरि चौहानलाई कमल ऐरीबाट क्याचआउट गराउदा आर्मीले आठौं विकेट गुमायो । चौहानले १०२ बल खेल्दै ६ चौका मद्दतमा सर्वाधिक ५८ रन बनाए ।

अन्तिम ओभरको दोस्रो बलमा विक्रम सोव ११ रन बनाएर आउट भए । उनलाई एपीएफका कप्तान शरद ेभषावकरले कमल ऐरीबाट क्याचआउट गराए । शहाब आलम २५ रनमा अविजित रहे । उनले १४ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे ।

एपीएफका लागि शानदार बलिङ गरेका अभिनाश बोहराले  विकेट लिए । किफायती बलिङ समेत गरेका उनले १० ओभरमा २ ओभर मेडन राख्दै २५ रन खर्चिएर ४ विकेट लिए । प्रतियोगितामा १४ विकेट लिएका अभिनाश सर्वाधिक विकेट लिनेमा शीर्ष स्थानमा छन् । यस्तै किशोर महतोले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । कमल ऐरी र भुवन कार्कीले १-१ विकेट लिए । भुवनले १० ओभरमा २६ रन मात्र खर्चिए । कमलले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चिए । कप्तान शरदले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *