सरकार जिम्मेवारीबाट भाग्न खोजेको कांग्रेसको आरोप

नेपाली कांग्रेसले संकटको बेला सरकारले नागरिकको जीउ धनको सुरक्षा गर्नुको सट्टा उपचार गर्ने वेड छैन भन्नु लाचारी र लज्जास्पद भन्दै आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ती जारी गर्दै संकटमा राज्य हतास होइन नागरिकलाई ढाडस बन्नुपर्नेमा ‘बेड छैन’ भन्नु लाचारी र लज्जास्पद भन्दै प्रधानमन्त्रीको आलोचना गर्नुभएको छ । महामारी दिनप्रतिदिन बढ्दै गएको अवस्थामा अस्पतालमा शैया उपलब्ध गराउन नसकिने’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पुष्टि गरेको कांग्रेसको ठहर छ । संकटको बेला नागरिकले सुरक्षाको अपील गरिरहंदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु सरकारको कर्तव्य हुने भन्दै सरकार जिम्मेवारीबाट भाग्न खोजेको कांग्रेसको आरोप छ ।

महामारीबाट जनताको जीवनरक्षा गर्न सरकार बेड,भेन्टिलेटर तथा अक्सिजन ब्यवस्थापनका लागि राजनैतिक दल, संघसंस्था र समाजसंग सहकार्य गर्दै युद्दस्तरमा अगाडी बढ्नुपर्ने काँग्रेसको निस्कर्ष छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *