एकैदिन ७ हजार २११ जनामा संक्रमण, २७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ७ हजार २११ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यो हालसम्म नेपालमा एकैदिन पहिचान भएको संक्रमितको संख्या मध्ये सबैभन्दा धेरै हो। शनिवार ५ हजार ७६३ जनामा संक्रमण देखिएको थियो।

आज पीसीआर विधिबाट १६ हजार १६७ जनाको परीक्षण गर्दा ७ हजार १३७ जना र ६२३ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।

यस्तै एकैदिन २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालभर अहिले ४८ हजार ७११ सक्रिय कोरोना संक्रमित रहेका छन्। संक्रमितहरुमा ४७७ जनाको आइसियुमा र १३१ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हालसम्म देशभर ३ लाख ३६ हजार ३० जनामा संक्रमण पुष्टि हुँदा ३ हजार ३२५ जनाको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *