मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रम बहिष्कार गर्ने चार दलको निर्णय

लुम्बिनी प्रदेशमा विपक्षमा रहेका ४ राजनीतिक दलले प्रदेशसभाको बहुमतले अल्पमतमा रहेका मुख्यमन्त्री शंकर पोख्रेलको नियुक्तिलाई खारेज गरेको घोषणा गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माआबोदी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धले आज बुटवलमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा एमालेका नेता शंकर पोखरेलले किर्ते गरी बहुमत पुराएको दाबी गरेका छन । अहिलेको सरकार अबैधानिक भएकाले प्रदेशभरी बहिष्कार गर्न आम जनमुदायमा अपिल गर्दै मुख्यमन्त्रीमा पोखरेलाई नियुक्त गरी सपथग्रहण गराउने प्रक्रिया अंसवैधानिक भएकाले प्रदेशसभाको विशेष अधिकार प्रयोग गरी संविधान अनुसार प्रदेशसभा टेबुल गर्न बाँकी रहेको अविश्वासको प्रस्तावको निष्कर्श निकाल्न विषेश अधिवेशनको माग राखेको छ ।

आज दिउँसो बसेको ४ दलको संयुक्त बैठकपछि पत्रकार सम्मेलन गर्दै उनिहरुले बहुमत सदस्यहरु माथी प्रहरी दमन गरी अल्पमतलाई मुख्यमन्त्री पदमा सपथ ग्रहण प्रदेश प्रमुखको कार्यालयमा नगरी मुख्यमन्त्री कार्यालयमा जबरजस्ती गरिएको प्रति घोर विरोध र भत्र्सना गर्दै संविधान विपरित मुख्मन्त्री पदमा नियुक्त गरेर लोकतन्त्रको धज्जी उडाउँदै निरंकुश शासनको चरित्रको प्रर्दशन गरेको आरोप लगाएका छन ।

बहुमतको गठबन्धनको तर्फबाट सपथ ग्रहण रोक्न निवेदन दर्ता भई जाँचबुझ गर्न माग गरेको अवस्थामा प्रहरी दमन गरि अल्पमतलाई मूख्यमन्त्री नियुक्त गरेको उनिहरुको आरोप छ । यस्तै प्रदेश प्रमुखले प्रदेश सभा सदस्यहरुको बिशेषाधिकार हनन गरि संसदिय प्रकृया पुरा नै नगरि बिशेष अधिवेशन आव्हान गरेकै दिन अधिवेशन अन्त्य गरिएकोमा रोष ब्यक्त गरेका छन् । प्रदेश प्रमुखको यो कदम असंवैधानिक, पदिय मर्यादा विपरीत र गैर जिम्मेवार रहेकोले प्रदेश प्रमुखलाई बर्खास्त गर्न समेत गठबन्धनले माग गरेको छ । गठबन्धनले आम जनसमुदायमा पनि पोखरेललाई बहिष्कार गर्न अपिल गरेको छ । मुख्यमन्त्रीको असंवैधानिक नियुक्त र सपथग्रहण रोक्नको लागि शान्तिपूर्ण विरोधमा प्रदेश प्रमुख कै कार्यालय अगाडि  महिला सांसद माथि प्रहरीले दमन गरेकोमा दोषि माथि छानविन भई कानून कारबाहीको माग राखेको छ ।

 

यस्तै ४ दलको बैठकले  नेकपा एमाले परित्याग गरि सांसद पदबाट राजीनामा दिएका  दिर्घनारायण पाण्डेपलाई राष्ट्रियसभाको चुनावमा  उठाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *