बैतडीमा मलामी लिएर जाँदै गरेको जीप दुर्घटना पाँच जनाको मृत्यु

चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जादै गरेको से १ ज १८३ नम्बर जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटना भएको हाे  । जिप दुर्घटना हुँदा मृत्यु हुनेका संख्या पाँच पुगेको छ भने  पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका जीपचालक दशरथचन्द नगरपालिका–४ का ४५ वर्षीय तेजबहादुर बोहराको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–६ का २७ वर्षीय हिक्मत भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, ४० वर्षीय दीपक भण्डारी र ५० वर्षीय जितसिंह भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । घाइतेहरूको बैतडी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको बताइएको छ । दुर्घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *