नेपालबाट भारत अक्सिजन तस्करी गर्ने तीनजना पक्राउ

महोत्तरी नेपालबाट भारत अक्सिजन तस्करी गर्ने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ का ३६ वर्षीय जमरुदिन राईन, वडा नं. २ का ५० वर्षीय दिनेश कुमार शर्मा र महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ६ का बिपिन चौधरी रहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

प्रहरीको गस्ति टोलीले आइतवार राति करिब पौने ११ बजे महोत्तरीको जलेश्वर नगरपालिका ३ स्थित नेपालबाट भारत तर्फ लैजाने प्रयोजनको लागी राखेको ३ थान भरिएको अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको थियो । त्यस्तै सोमबार जलेश्वतर नगरपालिका वडा नं. १२ थरुवाही स्थित लुकाई छिपाई नेपाल बाट भारत तर्फ स्कारपियोमा ७/७ केजीको २ थान भरिएको अक्सिजन सिलिण्डर बरामद गरिएको प्रवक्ता विष्टले बताए । उनले पक्राउ परेका तिनै जनालाई नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *