प्रधानमन्त्री ओलीको प्रस्ताव देउवाले गरे अस्वीकार

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली पार्टी शीर्ष नेतासहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेर छलफल गरेका छन् ।

देउवा निवासमा आज अपरान्ह करिब एक घण्टा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीसहित नेताहरू र कांग्रेस नेताहरूबीच छलफल भएको थियो।

प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णु पौडेल, एमाले नेता सुवास नेम्वाङसहित देउवा निवासमा पुगेका हुन्।

छलफलमा कांग्रेसबाट देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महतलगायत थिए ।

देउवा निवास बूढानीलकण्ठमा बुधबार अपरान्ह भएको छलफलमा ओलीले विश्वासको मत दिन देउवालाई आग्रह गरेका थिए । तर देउवाले आफू प्रमुख प्रतिपक्षी दलको नेता भएकाले विश्वासको मत दिन नसक्ने बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *