नेपाली कांग्रेसका सभापति देउवा र माधव नेपालबीच छलफल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न नेता नेपाल बूढानीलकण्ठ पुगेका हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार करिब एक घण्टा छलफल भएको छ ।

देउवा र नेपालबीच सैद्धान्तिक छलफल भएको हो । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीसहित भेटवार्ता भएपछि बिहीबार नेपाल पक्षले देउवासँग भेटवार्ता गरेको हो ।

प्रधानमन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिन लागेका बेला त्यसलाई विफल पार्न आवश्यक रणनीति बनाउने विषयमा उनीहरुबीच छलफल भएको बुझिएको छ । नेपाल देउवासँगको छलफल सकेर राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *