काठमाडौं शीर्ष स्थानमा रहदै प्लेअफमा

काठमाडौं रेजर्स शीर्ष स्थानमा रहदै पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ ।

आइतबार भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २-१ गोल अन्तरले पराजित गर्दै काठमाडौं शीर्ष स्थानमा रहदै प्ले अफमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउ र संजोक राईले एक एक गोल गरे ।

खेलको ४० औं मिनेटमा राजिब लोप्चनले गोल गर्दै चितवनलाई २-१ को स्थितिमा ल्याए । सुनिल श्रेष्ठको प्रहार काठमाडौंका गोलकिपर विनायक श्रेष्ठले रोकेपछि आएको रिबाउन्डमा राजिबले गोल गरेका हुन् ।

यस्तै ८४ औं मिनेटमा पनि प्रिजेन गोल गर्न चुके । पेनाल्टी क्षेत्रभित्र रहेका प्रिजेनको प्रहार चितवनका गोलकिपर रोमनले उत्कृष्ट बचाउ गरे ।

जितसँगै काठमाडौंले ६ खेलमा १३ अंक जोड्यो ।

अब काठमाडौंले प्ले अफमा दोस्रो स्थानको धनगढी एफसीसँग खेल्नेछ ।

चितवनले भने पुछारमा रहदै प्रतियोगिताको अन्त्य गरेको छ ।

चितनले ६ खेलमा २ अंक जोड्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *