एकताका लागि ओली समूहलाई भोलि विहान ९ बजेसम्मको समय सीमा

आइतबार साँझ सिंहदरबारमा बसेको नेपाल समूहका सांसदको बैठकले पार्टी एकताका लागि सोमबार बिहान ९ बजेसम्मको समय दिएको छ ।

पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएर पार्टीको संगठनलाई एकतावपूर्वको अवस्थामा लानुपर्ने नेपाल समूहको प्रमुख माग रहेको छ। आफूहरुले पार्टी अध्यक्षलाई पार्टीको जीवन सुचारु गर्न ध्यानाकर्षण मात्र गराएको र त्यो नभए जे निर्णय गर्नुपर्ने हो त्यही गर्ने अवस्थामा पुग्ने सहभागी एक नेताले शुचि खबरलाई बताए ।

पार्टीलाई सर्वोच्चको फैसलापछि पुरानै अवस्थामा फर्काए सोमबार संसदको विशेष अधिवेशनमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने र त्यो नगरी पेल्ने क्रियाकलाप भए फरक निर्णय हुने उनको भनाइ छ।

एमालेमा माधव पक्षका प्रत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन् । उनीहरूले आफ्नो राजीनामा पत्रमा तयार पारेका छन् । यो छलफलसँगै राजीनमा अहिलेलाई  रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *