गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गुरुङ पुनः नियुक्त, आजै लिए शपथ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख सीता कुमारी पौडेलले गुरुङलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

 

प्रदेश प्रमुखले पौडेलले आज ४ बजेसम्म दुई वा दुई भन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । तर,तोकिएको समय भित्र चार दलले हस्ताक्षर बुझाएपनि आवश्यक बहुमत पुर्‍याउन नसकेका भन्दै ठूलो दलको हैसियतमा पुन गुरुङलाई नै नियुक्त गरेकी हुन् ।

जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले साथ नदिएपछि नयाँ गठबन्धनले ३१ जना सांसदको हस्ताक्षर पुर्‍याउन नसकेको हो ।  उनले आजै प्रदेश प्रमुखको कार्यालयमा शपथ लिएका छन्।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *