माधव नेपाल सहित ४ नेताको कारवाही फुकुवा

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका चार नेतामाथिको कारवाही फुकुवा गराएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेको नेता सुवास नेम्बाङले  बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सीमा घर्किँदै जाँदा एमाले अध्यक्ष ओलीले रणनीतिक रुपमा चार नेतामाथिको कारवाही फुकुवा गरेका हुन्। नेपाल पक्षका सांसदहरुले राजीनामा दिने रणनीति अख्तियार गरेसँगै ओलीले उनीहरुको कारवाही रोकेर आफ्नो पक्षलाई बलियो बनाउन खोजेका हुन्।

यसबाहेक पार्टीले लिने आकस्मिक निर्णयको अधिकार पनि केपी शर्मा ओलीलाई दिने निर्णय आजको बैठकले गरेको नेता नेम्वाङले जानकारी दिए।

नेकपा एमाले पार्टी सचिव शेरबहादुर तामाङले यो अवसरलाई उपयोग गर्दै पार्टी एकताको पक्षमा उभिन नेताहरुलाई फेसबुक मार्फत  आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *