कांग्रेस पदाधिकारी बैठक ४ बजे

काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा अपरान्ह ४ बजे पदाधिकारी बैठक  बस्ने भएको छ । देउवाले जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँगको छलफलपछि पदाधिकारी बैठक बोलाएका हुन् ।  सिंगो जसपाको समर्थन जुटाउने सम्भावना बढेको आकलन गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नौ बजेसम्ममा संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई आह्वान गरेकी छन् । सो समयभित्र बहुमत जुटाएर राष्ट्रपति समक्ष निवेदन दिन काँग्रेसले तयारी थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *