प्रधानमन्त्री ओली र नेता नेपालबीच वार्ता शुरु

प्रधानमन्त्री एवं नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओली बूढानीलकण्ठमा भेटवार्ता भइरहेको छ । नेता नेपालले बालुवाटारमा नआउने बताएपछि दुई नेताबीच बूढानीलकण्ठमा भेट भएको हो ।

अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच आज निर्णायक वार्ता हुन सक्ने आँकलन गरिएको छ ।

आजै बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपालसहित चार नेतालाई गरिएको कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो।  प्रधानमन्त्री ओली जेठ २ को अवस्थामा फर्कन तयार भएका वार्ता सफल हुने देखिएको छ । सो अवस्थमा फर्कन ओली तयार नभए सामुहिक राजीनामा दिने माधव नेपाल पक्षको तयारी छ । ओली पक्ष पनि नेता नेपालसँग केही नरम देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *