काठमाडौं रेजर्स एफसीले पहिलो संस्करण फुटबलको उपाधि  काठमाडौं रेजर्सलाई

काठमाडौं रेजर्स एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले निर्णायक गोल गरे ।

मेसौकेले खेलको २१ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । विश्वास श्रेष्ठले धनगढीका मिडफिल्डर विशाल राईबाट बल खोस्दै अगाडी बढाएर उपलब्ध गराएको बलमा मेसौकेले उत्कृष्ट गोल गरे ।

यससँगै मेसौकेले लिगमा आफ्नो आठौं गोल पूरा गरेका छन् । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन् ।

खेलमा काठमाडौंका फ्लोरेन्ट कोरेया प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका राजन गुरुङ चुनिए । उनले १० हजार प्राप्त गरे ।

पहिलो संकरणको उपाधिसँगै काठमाडौंले ३५ लाख प्राप्त गरेको छ ।

उपविजेता बनेको धनगढीले १५ लाखमा चित्त बुझाएको छ ।

यस्तै काठमाडौंले धनगढीविरुद्ध अघिल्ला दुई भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ ।

समूह चरणमा काठमाडौं धनगढीसँग ३-० र पहिलो क्वालिफायरमा अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित भएको थियो ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको थियो ।

पुरस्कार वितरणका केही दृष्यहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *