‘संसद् जीवित छ, अध्यादेशमार्फत बजेट आउँदैनः’ प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट संसदबाटै ल्याउने संकेत गरेका छन् ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेता माधवकुमार नेपालसँगको भेटपछि बाहिरिने क्रममा पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संसद् जीवित रहेको भन्दै आगामी आर्थिक वर्षको बजेट संसदबाटै आउने संकेत गरेका हुन् ।

बजेट अध्यादेशबाट आउँछ भन्ने शंका छ नि भन्ने पत्रकारहरूको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘संसद् जीवित छ । अध्यादेशमार्फत बजेट आउँदैन ।’

प्रधानमन्त्री ओली संविधानको धारा ७६(३) अनुसार, संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा ३१ वैशाखमा तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *