‘संकटमा नेपाललाई सहयोग गर्छौंः’ विनयमोहन क्‍वात्रा

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्राले ८–१० दिनभित्र नेपाललाई लिक्विड अक्सिजन दिने बताएका छन् ।

कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै भारतले अक्सिजन निर्यातमा रोक लगाएको थियो । सोमबार एक भर्चुअल कार्यक्रममा बोल्दै राजदूत क्वात्राले संकटमा रहेको नेपाललाई निरन्तर सहयोग गर्ने बताए ।

८–१० दिनभित्र लिक्विड अक्सिजनको ट्यांकर नेपाल आइपुग्ने छ उनले  बताए । भारतले नेपाललाई २३ लाख कोरोना विरुद्धको खोप उपलब्ध गराइसकेको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *