राष्ट्रियसभा उपनिर्वाचनमा मतदान सम्पन्न, ३३८ मत खस्यो

वाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनमा मतदान सकिएको छ । बिहीबार दिउँसो ३ बजेसम्म १०५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३ जना गरी ३३८ जनाले मतदान गरेका छन् । स्थानीय तहका ५ जना र प्रदेशसभाका ५ जनाले मतदान नगरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपनिर्वाचनमा वागमती प्रदेशसभा सदस्य ११० तथा बागमती प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुख २३८ जना गरी ३४८ मतदाता छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *