सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रघातीः चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाले जेठ ९ गते सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रघाती रहेको दावी गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा उक्त अध्यादेश खारेज गर्न माग गरिएको छ ।

राष्ट्रिय जनमोर्चाले अध्यादेशको दफा ३ को उपदफा ४ र ५ मा रहेको व्यवस्था राष्ट्रघाती भएको बताएको छ । दफा ३ को उपदफा (४) मा जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानले वंशजको नागरिकता प्राप्त गर्ने तथा उपदफा (५) मा बाबुको पहिचान हुन नसकेका नेपाली नागरिकका आमाका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ । जन्मको आधारमा लाखौँ गैरनेपालीले नागरिकता लिन सफल भएकाले अहिले उनीहरुको सन्तानलाई वंशजको आधारमा नागरिकता दिन नहुने अध्यक्ष केसीले दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *