एमालेको स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित

नेकपा एमाले संस्थापन पक्षको स्थायी समिति बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । बिहीबार बेलुका चार बजेलाई बोलाएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
यसअघि बुधबारको बैठक बिहीबारलाई सारिएको थियो ।

एमालेमा चर्केको अन्तरसंघर्ष र नेताहरुको कारवाहीबारे सम्वाद चलिरहेकाले बैठक स्थगित भएको अध्यक्ष ओली निकटका एक नेताले जानकारी दिए । आजै एमाले माधव नेपाल समुहको केन्द्रीय समितिको भर्चुअल बैठक बसेको थियो । बैठकमा नेताहरु गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र योगेश भट्टराई पनि सहभागी भएका थिए ।  ओलीले एकता नचाहेको नेपाल समूहका केन्द्रीय सदस्यहरूले निष्कर्ष निकालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *