साताको अन्तिम दिन आज शेयर बजारमा आइतबार १६ अर्ब  ९० करोड ७० लाख २० हजार २ सय ८६ रुपैयाँ बराबरको कारोबार भएको छ । शेयर बजरा हालसम्मकै उच्च अर्थात् २८५६.६७ विन्दुमा पुगेको छ ।  १ लाख ५५ हजार ६ सय ५५  कारोबारबाट २ सय १८ कम्पनीका ३ करोड ४६ लाख ९१ हजार ३ सय १२ कित्ता सेयर किनबेच भए ।

आइतबार  नेप्सेमा अहिलेसम्कै  उच्च १७ अर्ब  बढीको सेयर कारोबार भएको थियो ।

विहिबारबार कारोबारमा आएकामध्ये सबै व्यापार, जलविद्युत, निर्जीवन वीमा कम्पनी र अन्य, उपसमूहको परिसूचक ऋणात्मक रहे । तर, बाँकी उपसमूहको परिसूचक बढे । जसमध्ये विकास बै‌ककाे उपसमूहको परिसूचक ३.४७ प्रतिशत, होटल्स तथा पर्यटनको ३.३२ प्रतिशत, बैंकिङको २.७१ प्रतिशतले बढे । तर, यस दिन हाइड्रो पावर  उपसमूहको परिसूचक सबैभन्दा धेरै २.0४ प्रतिशत ले घट्यो ।

विहिबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै १ अर्ब २ करोड ७० लाख २ सय ८७ रुपैया बराबरको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *