हुम्लामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणका कारण हिमाली जिल्ला हुम्लामा पहिलो पटक एकजनाको मृत्यु भएको छ।

सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार गर्न सम्भव नभएपछि जिल्ला अस्पतालमा थप उपचारका लागि ल्याउने क्रममा  सर्केगार्ड गाउँपालिका वडा नम्बर २ को रिप गाउँका स्थानीय ५७ वर्षका पुरुषको मृत्यु भएको हो।

स्वास्थ्य चौकीमा उपचार नहुने भएपछि बिहीबार बिहान उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा  बाटोमै मृत्यु भएको हो ।

एक हप्ता अगाडि गाउँमा एष्टिजेन किटबाट कोरोना पुष्टि भएर होम आइसोलेशनमा बस्दै आएका उनको बुधवार श्वासप्रस्वासमा समस्या भएपछि परिवारले गाउँपालिका केन्द्रको स्वास्थ्य चौकीमा पुर्‍याइएको थियो ।

अक्सिजनको व्यवस्था स्वास्थ्य चौकीमा भएपनि विद्युत समस्याका कारण त्यो पनि सम्भव भएको थिएन। उपचार नहुने भएपछि जिल्ला अस्पतालका चिकित्सकहरुसँगको समन्वयमा बिहीबार बिहान मात्र बिरामीलाई सदरमुकाम ल्याउन खोजिएको थियो।

गत वैशाख १९ गते जिल्लामा पहिलो पटक नेपालगंज र सुर्खेतबाट हवाई जहाजमा आएका आठ जनामा दोस्रो चरणको कोरोना संक्रमण देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *