बेलायती पत्रिकाहरूले नेपालबारे लेखे खबरको डब्लूएचओद्वारा खण्डन

बेलायती सञ्चारमाध्यमले नेपाली प्रजातिको कोरोना भाइरस युरोपेली मुलुकमा फैलिएको सनसनीपूर्ण खबर सम्प्रेषण गरेका छन् ।

बेलायती सञ्चारमाध्यम डेली मेल, दी टेलिग्राफ र इन्डिपेन्डेन्टले कोराेना भाइरसको नेपाली प्रजाति भेटिएकाे भन्दै आधारहीन समाचार प्रकाशन गरेका थिए । डेली मेलले त नेपालको भेरियन्टको कारण बिदासमेत प्रभावित भएको लेखेको छ ।

नेपालमा नयाँ भेरियन्ट नभएको बरु यूके भेरियन्ट र डेल्टा भारतीय भेरियन्ट सक्रिय रहेको स्वास्थ्य मन्त्रलायले बताइरहेको बेला बेलायती सञ्चारमाध्यमले भने नेपाली भेरियन्टको चर्चा चलाएका छन् ।

स्वास्थ्य मन्त्रालयले अल्फा र डेल्टाबाहेक नयाँ भेरियन्ट पत्ता नलागेको बताइरहेको छ । विश्व स्वास्थ्य संगठनले पनि नेपालमा अल्फा, डेल्टा र कम्पा भेरियन्ट मात्र देखिएको र हाल डेल्टा भेरियन्ट मात्रै सक्रिय रहेको बताएको छ ।

नेपालमा अहिलेसम्म देखिएका कोरोना भाइरस भने आयातीत मात्रै हुन् । नेपालभित्र म्युटेसन भएर नयाँ भाइरस विकसित भएको छैन । यस्तो अवस्थामा पनि बेलायती सञ्चारमाध्यमहरूले कुन भाइरसलाई नेपाली प्रजातिको भन्न खोजेका हुन्, प्रस्ट उल्लेख गरेका छैनन् ।

स्वास्थ्य मन्त्रालयले बेलायतको स्वास्थ्य नियामक निकाय आईएचआरलाई पनि पत्र भने लेखिसकेको छ, यद्यपि त्यसको जवाफ आइसकेको छैन ।

विश्व स्वास्थ्य संगठनले पत्रिकाहरूकाे दाबी आधारहीन भन्दै खण्डन गरेकाे छ । उसले नेपालमा पालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्ने जानकारी नआएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *