जसपाका शीर्ष नेताहरू बालुवाटारमा, प्रधानमन्त्री ओलीसँग छलफल

जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

जसपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झा बालुवाटारमा गएका स्रोतले जनाएको छ ।

दिउँसो साढे २ बजेदेखि छलफल जारी रहेको बताइएको छ

प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने विषयमा पार्टीभित्रै विवाद चर्किएका बेला नेताहरू बालुवाटार पुगेका हुन् । जसपाको महन्थ ठाकुर पक्षले सरकारमा सहभागी हुन प्रधानमन्त्रीसँग निरन्तर छलफल गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *