आइसोलसन भवनको झ्यालबाट हाम फालेर कोरोना संक्रमितको मृत्यु

सिन्धुपाल्चोकमा एक कोरोना संक्रमितले आइसोलसन भवनको झ्यालबाट हामफाल्दा मृत्यु भएको छ।

जुगल गाउँपालिकामा रहेको रत्न राज्य माविमा रहेको आइसोलसनमा बसेका  बलेफी गाउँपालिका वडा नम्बर ६ मांखाका ५३ वर्षीय रत्नबहादुर तामाङको गएराति मृत्यु भएको हो।  कोरोना संक्रमण देखिएपछि गत १७ गते त्यहाँ भर्ना भएका तामाङले गए राति तेस्रो तलाबाट हाम फालेका हुन्। हाम फालेपछि घाइते भएको उनलाई अस्पताल लैजाँदा बाटैमा मृत्यु भएको जुगल आइसोलेन केन्द्र व्यवस्थापन समितिका संयोजक पुष्पराज तिमल्सिनाले बताए। जुगल गाउँपालिकाले गए राति १:१५ बजे उनी हामफालेको बुझिएको छ।  जुगल गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा तामाङले आत्महत्याको प्रयास गरेको उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *