हालसम्मकै उच्च विन्दुमा पुग्यो नेप्से परिसूचक, १७ अर्बभन्दा बढीको कारोबार

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५०.१३ अंक बढ्दै २९०६.८९ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च विन्दु हो। यस अघि नेप्सेले गत साताको अन्तिम कारोबार दिन नयाँ रेकर्ड बनाएको थियो। सो रेकर्डलाई तोड्दै नेप्सेले यस दिन नयाँ रेकर्ड बनाएको हो।

यस दिन नेप्सेसँगै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्सले पनि नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ७.८८ अंक बढेर ५२०.९९ विन्दुमा पुगेको छ। त्यसैगरी, फ्लोट इण्डेक्स यस दिन ४.११ अंक बढेर २०१.३५ विन्दुमा र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४२ अंक बढेर १७२.८१ विन्दुमा पुगेको छ।

आइतबार बजारमा सबैभन्दा बढी रकमको शेयर खरिदबिक्री भएको छ। यस दिन २१८ कम्पनीको १ लाख ७१ हजार ६० पटकको कारोबारमा १७ अर्ब २७ करोड १७ लाख ८७ हजार रुपैयाँ बराबरको ३ करोड ७४ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *