पाँच पूर्वप्रधानमन्त्रीहरूले दिए सरकारलाई चेतावनी

पाँच पूर्वप्रधानमन्त्रीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न चेतावनी दिएका छन्।

पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डाक्टर बाबुराम भट्टराईले यस्तो चेतावनी दिएका हुन्।

शनिबार संयुक्त प्रेस वक्तब्य जारी गर्दै उनीहरुले प्रधानमन्त्रीका गलत क्रियाकलापका कारण देशले अस्थिर र अन्योलग्रस्त राजनीतिक स्थितिको सामना गरिरहेको टिप्पणी गरेका छन्।

यस्तो बेला काम चलाउ सरकारले घाटा बजेट पूर्ति गर्ने निहुँमा देशका विभिन्न भागबाट ढुंगा, बालुवा र गिटी उत्खनन् गरी विदेशमा निकासी गर्ने राष्ट्रहित र जनविरोधी निर्णय गरेको उनीहरुको ठहर छ ।

यस्तो छ संयुक्त विज्ञप्तिको पूर्ण पाठः-

Leave a Reply

Your email address will not be published. Required fields are marked *