नेप्से सूचक र कारोबार रकम दुबैले पुनः नयाँ रेकर्ड

साताको पहिलो कारोबार दिन नेपाली धितोपत्र बजारमा नेप्से सूचक र कारोबार रकम दुबैले पुनः नयाँ रेकर्ड बनाएको छ।

आइतबार नेप्से परिसूचक ३८.३२ अंक बढेर २९८३.११ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च बन्द विन्दु हो। यस अघि नेप्सेले गत साताको मंगलबार नयाँ अलटाइम हाइ बनाएको थियो। सो दिन नेप्से २९६०.१४ विन्दुमा बन्द भएको थियो। सोही रेकर्डलाई तोड्दै नेप्सेले यस दिन नयाँ रेकर्ड बनाएको हो

त्यसैगरी, यस दिन कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ। यस दिन बजारमा २२० कम्पनीको १ लाख ८२ हजार ४३० पटकको कारोबारमा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार रुपैयाँ बराबरको ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर खरिदबिक्री भएको छ। यसभन्दा अघि बजारमा १७ अर्बबराबरको शेयर खरिदबिक्री भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *