उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो

कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि भनेर काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा फेरि १ हप्ताको लागि थपिएको छ।

उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले असार ७ गते सम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

असार १ गतेदेखि लागू भइ ७ गतेसम्म जारी रहने निषेधाज्ञाको अवधिमा यसअघि लागू गरिएका केही प्रतिबन्धहरु भने खुकुलो बनाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *