महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त
सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गर्नु भएको हो ।