नेपाल टेलिकमले ल्यायो अटम अफर, के के छन् सुविधा ?

नेपाल टेलिकमले अटम अफर उपलब्ध गराउने भएको छ। मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याकहरु तथा एफटिटिएच सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई थपरपरिमार्जन गरी सो अफर उपलब्ध गराउने भएको हो।

यो अफर कात्तिक एकदेखि ९० दिनसम्मका लागि लागू हुने कम्पनीले बताएको छ। ग्राहकको सुविधाका लागि उपलब्ध गराएको अटम अफर थप आकर्षक हुने विश्वास कम्पनीको छ।

सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर

अटम अफरमा नयाँ प्याकेजका रुपमा सजिलो अनलिमिटेड पोस्टपेड प्याक उपलब्ध हुनेछ। यसमा ३० दिनसम्म चलाउन मिल्नेगरी पाँच सय ९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा उपलब्ध हुनेछ।

यो अफर खरिद गरेपश्चात् सुलभ दरमा डाटा सेवा समेत लिन चाहेमा ग्राहकले दुई सय ९९ मा प्रतिदिन एक जिबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जिबी डाटा सेवा एड–अन प्याकको रुपमा खरिद गर्न सक्नेछन्।

प्रतिदिन प्रयोग गर्न सकिने एक जिबी डाटा सकिएमा ६४ केबिपिएसको अनलिमिटेड डाटा सेवा उपलब्ध हुनेछ जसमा ग्राहकको मेन व्यालेन्सको रकम काटिने छैन।

यदि ग्राहकले ६४ केबिपिएसभन्दा बढी गतिको डाटा सेवा प्रयोग गर्न चाहेमा जम्मा ३० रूपैयाँमा एक जिबी, ४० रूपैयाँमा २ जिबी र ५० रूपैयाँमा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड–अन प्याककै रुपमा खरिद गर्न सक्नेछन्।

यसैगरी अटम अफरमा ग्राहकले ३० दिनसम्म प्रतिदिन एक जिबी प्रयोग गर्न सकिने ३० जिबी डाटा सेवाको प्याक पाँच सय ९९ मा खरिद गर्न सक्नेछन्।

यो अफर खरिद गरेपश्चात् ग्राहकले सुलभ दरमा भ्वाइस सेवा पनि लिन चाहेमा जम्मा दुई सय ९९ मा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने एड–अन प्याक खरिद गर्न सक्नेछन्।

यस प्याकेजमा पनि प्रतिदिन प्रयोग गर्न सकिने एक जिबी डाटा सकिएमा कम्पनीले ६४ केबिपिएस अनलिमिटेड डाटा सेवा उपलब्ध गराउनेछ।

सो भन्दा बढी गतिको सेवा लिन चाहेमा जम्मा ३० रूपैयाँमा १ जिबी, ४० रूपैयाँमा २ जिबी र ५० रूपैयाँमा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड–अन प्याककै रुपमा खरिद गर्न सकिनेछ।

सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफर

यसमा जम्मा सात सय ९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन एक जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जिबी डाटा, २०० वटा अननेट मेसेज, ५० मिनेट अफ नेट भ्वाइस र ५० वटा अफ नेट मेसेज पठाउने सुविधा उपलब्ध हुनेछ।

प्रतिदिनका लागि उपलब्ध एक जिबी डाटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड पाँच सय ९९ अफरको एड–अन प्याक खरिद गर्न सकिने छ।

सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफर

यसमा जम्मा  ९ सय ९९ मा अनलिमिटेड भ्वाइस र ४ सयवटा अननेट मेसेज पठाउने सुविधा, प्रतिदिन २ जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, एक सय मिनेट अफ नेट भ्वाइस र एक सयवटा अफ नेट मेसेज पठाउन सकिनेछ।

सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर

यसमा जम्मा एक हजार ४ सय ९९  मा अनलिमिटेड भ्वाइस, एक हजार वटा अननेट मेसेज पठाउने सुविधा, प्रतिदिन ४ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जिबी डाटा, दुई सय मिनेट अफ नेट भ्वाइस र दुई सय वटा अफ नेट मेसेज पठाउन सकिने सुविधा उपलब्ध हुनेछ।

सस्तो प्रिपेड कम्बो प्याक

यसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि १५० मिनेट भ्वाइस, १।५ जिबी डाटा र १५ वटा अननेट मसेज  (अननेट) दुई सय ९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिनेछ।

सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याक

यसमा जम्मा पाँच सय ९९ मा प्रतिदिन १ जिबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जिबी डाटा उपलब्ध हुनेछ। यो प्याक लिने ग्राहकले अनलिमिटेड भ्वाइस सेवा लिन चाहेमा दुई सय ९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिने एड–अन प्याक खरिद गर्न सक्नेछन्।

एफटीटीएच आइपिटिभी अफर

यसैगरी एफटीटीएच आइपिटिभी अफर–२०७८ मा कम्पनीको एफटीटीएच अन्तर्गतको ट्रिपल प्ले ९भ्वाइस, डाटा र टिभी० सेवा एक वर्षका लागि लिने ग्राहकका लागि आकर्षक सहुलियत उपलब्ध  हुनेछ।

यस अन्तर्गत २५ एमबिपिएस व्याण्डविथ एक वर्षका लागि १५ हजार ९ सय ८० मा पाउन सकिने छ।  यही सेवा वर्षको ४० एमबिपिएस १७ हजार एक सय र ८० एमबिपिएस २२ हजार ५ सय रूपैयाँमा पाउन सकिने छ।  वार्षिक सेवा लिनेका लागि कम्पनीले सेटअप बक्स उपलब्ध गराउने बताएको छ।

यही सेवा ३ महिनाको लागि २५ एमबिपिएसको ४ हजार एक सय, ४० एमबिपिएसको पाँच हजार पाँच सय  र ८० एमबिपिएसको ७ हजार दुई सयमा उपलब्ध हुनेछ।

मासिक रुपमा सेवा लिँदा २५ एमबिपिएस १ हजार ४ सय, ४० एमबिपिएस १ हजार ८ सय ५० र ८० एमबिपिएस २ हजार ४ सय ५० रूपैयाँमा उपलब्ध हुनेछ ।

एफटीटीएचमा उपलब्ध सेवाहरुमध्ये भ्वाइस र डाटा सेवा मात्र पनि सहुलियत दरमा प्राप्त गर्न सकिनेछ। यसमा २५ एमबिपिएस डाटा एक हजार, ४० एमबिपिएस डाटा एक हजार पाँच सय र ८० एमबिपिएस डाटा दुई हजार रूपैयाँमा उपलब्ध हुनेछ।

यी सेवाहरु ३ महिनाका लागि लिँदा २५ एमबिपिएस डाटा २ हजार ८ सय ५०, ४० एमबिपिएस लिँदा ४ हजार दुई सय र ८० एमबिपिएस पाँच हजार पाँच सयमा पाइने छ।

यो सेवा वार्षिक रुपले लिँदा २५ एमबिपिएसको १० हजार पाँच सय, ४० एमबिपिएसको १५ हजार तीन सय र ८० एबिपिएसको २० हजार पाँच सय रूपैयाँमा उपलब्ध हुनेछ।

वार्षिक प्याकेज खरिदमा ग्राहकलाई थप सुविधाको रुपमा प्रतिदिन तीन सय एमबी मोबाइल डाटा प्राप्त हुनेछ। यसैगरी मासिक, त्रैमासिक र वार्षिक प्याकेजहरुको खरिदमा क्रमशः २५० मिनेट, ७५० मिनेट र ३००० मिनेट अननेट फ्रि भ्वाइस कल सुविधा उपलब्ध हुनेछ।

एफटीटीएचबाट डाटा सेवा मात्र लिन चाहने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस प्याक सुलभ दरमा उपलब्ध गराउने भएको छ। यसमा डाटा सेवा मात्र एक वर्षका लागि लिँदा ५० एमबिपिएसको २४ हजार ८ सय, ८० एमबिपिएसको ३२ हजार ८ सय र १०० एमबिपिएसको ४० हजार ८ सय रूपैयाँमा उपलब्ध हुनेछ।

तीन महिनाको लागि डाटा सेवा लिँदा ५० एमबिपिएसको १२ हजार ६ सय, ८० एमबिपिए १६ हजार ५ सय र १०० एमबिपिएस २० हजार रूपैयाँमा उपलब्ध हुनेछ। एक महिनाको लागि ५० एमबिपिएस ४ हजार पाँच सय,  ८० एमबिपिएसको ६ हजार  र १०० एमबिपिएसको ७ हजार पाँच सय रूपैयाँमा उपलब्ध हुनेछ ।

यसैगरी डाटा र इन्टरनेट दुवै सेवा प्रयोग गर्ने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस विथ आइपिटिभी प्याक उपलब्ध गराउने भएको छ। यसमा एक महिनाका लागि सेवा लिँदा ५० एमबिपिएसको पाँच हजार एक सय ७८, ८० एमबिपिएसको ६ हजार ६ सय ७८ र १०० एमबिपिएसको ८ हजार एक सय ७८ रूपैयाँमा उपलब्ध हुनेछ।

३ महिनाको सेवा लिँदा ५० एमबिपिएसको १४ हजार ५ सय २३, ८० एमबिपिएसको १८ हजार ४ सय २३ र १०० एमबिपिएसको २१ हजार ९ सय २३ रूपैयाँमा उपलब्ध हुनेछ।

एक वर्षको सेवा लिँदा ५० एमबिपिएसको ३१ हजार ३ सय ९ मा, ८० एमबिपिएसको ३९ हजार ३ सय ९र १०० एमबिपिएसको ४७ हजार ३ सय ९ मा उपलब्ध हुनेछ। कम्पनीका अनुसार यस प्याकको खरिदमा एसटिबीको शुल्क समावेश गरिएको छैन।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले ८१४१५३ डायल गर्नुपर्नेछ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि  यस सम्बन्धी जानकारी तथा सेवा खरिद गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *