दक्षिणी भारतीय राज्य केरलामा बाढी, २६ जनाको मृत्यु

बाढीका कारण कैयौँ शहर तथा गाउँसँग सम्पर्क विच्छेद हुन पुगेको अधिकारीहरूले बताएका छन्।

मृत्यु हुनेमध्ये पाँचजना बालबालिका सहित २६ जनाको मृत्यु भइसकेको छ। थुप्रै मानिस अझै हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ।

बाढीले धेरै घर बगाएको छ।

कोटायाम जिल्लामा मानिसहरू बाढीका कारण फस्न पुगेका विवरणमा जनाइएको छ।

केही दिनयता भएको ठूलो वर्षाले केरलामा घातक पहिरोहरू निम्त्याएको छ।

पहिरोका कारण फसेका मानिसहरूसम्म राहत सामग्री पुर्‍याउन हेलिकप्टर परिचालन गरिएको छ।

बाढीका कारण फसेका कोलम र अन्य तटीय नगरका मानिसको उद्धारमा माछा मार्ने डुङ्गाहरूको प्रयोग भइरहेको छ।

कैयौँ ठाउँमा बाढीले सडक बगाएको छ र रूखका जराहरू उखेलिदिएको छ।

कुनै बेला बाढीविरुद्ध प्राकृतिक रक्षाकवचको रूपमा काम गर्ने गरेका सिमसार क्षेत्र तथा तालहरू बढ्दो शहरीकरण एवं संरचना निर्माणसँगै अहिले मासिएका छन्।

सन् २०१८ मा केरलामा एक शताब्दीयताकै ठूलो बाढी आउँदा करिब चार सय जनाको मृत्यु भएको थियो भने १० लाखभन्दा बढी व्यक्ति विस्थापित हुन पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *