बैतडीको सिगास ढुङ्गाडमा फसे ६० जना, बाढीले झोलुङ्गे पुल बगाउँदा उद्धारमा कठिनाइ

अविरल वर्षासँगै सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन् । बैतडीको सिगास गाउँपालिका-५ को ढुङ्गाडमा बाढीका कारण १० परिवारका करीब ६० जना फसेका हुन् ।

वडाध्यक्ष रामबहादुर धामीले सोमबार राति आएको बाढीले सेती नदी छेउकै बस्तीमा बस्दै आएका ६० जना फसेको जानकारी दिए । उनका अनुसार ढुङ्गाडस्थित सेती नदीको किनारमा करीब एक सय २० परिवार बस्दै आएका छन् । उनीहरुमध्ये नदीले कटान गरिरहेको थाहा पाएकाहरु राति नै त्यहाँबाट भाग्न सफल भएका छन् । उनीहरुलाई स्थानीय शारदा माध्यमिक विद्यालयमा राखिएको वडाध्यक्ष धामीले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *