बाढीपहिरोमा परी प्रदेश १मा २२ जनाको मृत्यु

बाढी र पहिरोमा परी प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० र तराईका जिल्लामा दुई जनाको मृत्यु भएको हो ।

पहिरोमा परी इलाममा सात जना, धनकुटामा ६ जना पाँचथरमा ७ तथा सुनसरी र उदयपुरमा एक एक जनाको मृत्यु भएको छ ।

धनकुटाको चौबिसे गाउँपालिका-१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले भीमबहादुर श्रेष्ठको घर पुरेको थियो । पहिरोले पुरिँदा श्रेष्ठसहित ६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *