नाडको आगामी नेतृत्वको लागि मतदान

नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको आगामी नेतृत्वको मतदान जारी छ । होटल सोल्टीमा विहान ८ बजेदेखि भइरहेको चुनावमा दुई समूहले प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन् ।

हिजोबाट नाडाको निर्वाचन तथा ४५ औं साधारणसभा शुरु भएको थियो । नाडाको आगामी अध्यक्षको लागि सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी र फोर्स मोटरको नेपालको आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाको प्यानलबीच प्रतिस्पर्धा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *