चार देशीय टी–२० शृङ्खला आज, हिमालयन टिभीमा हेर्न पाइने

नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच आज हुने चार देशीय टी–२० शृङ्खलाकाे प्रत्यक्ष प्रसारण हिमालय टीभीले गर्ने भएको छ ।

प्रत्यक्ष प्रसारणको अधिकार किनेको एड प्याड नेपालले नेपालमा हिमालय टेलिभिजन, युट्युबमा ओएसआर स्पोर्ट्स र दराज एपमार्फत हुने जनाएको छ ।

शृङ्खलाको पहिलो खेल आज नेपाल र ओमानबीच हुनेछ । यस्तै १२ तारिखमा यूएई र १४ तारिखमा आयरल्यान्डसँग खेल्दैछ । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले शृङ्खला खेल्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *