आजबाट जयनगर-कुर्था रेलमार्गमा रेल चल्ने

आजबाट जयनगर-कुर्था रेलमार्गमा रेल चल्ने भएको छ। तत्कालका लागि यात्रु बिनाको रेल चलाउन लागिएको हो। आजदेखि उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न लागिएको नेपाल रेलवे कम्पनीले महाप्रबन्धक निरञ्जन झाले बताउनु भयो।

जनकपुरदेखि जयनगरसम्म रेल चलाउन लागिएको हो। यात्रु भने औपचारिक रूपमा रेल उद्घाटन गरेपछि बोक्न पनि महाप्रबन्धक झाले बताउनु भयो ।

अहिले सर्वसाधारणलाई सचेतनाका लागि रेल चलाउन लागिएको छ। दिनमा एक पटक रेल चलाउने तयारी छ।

अहिले प्रत्येक स्टेशनमा इन्टरनेट, टेलिफोन, सञ्चार सुविधालगायतका व्यवस्थापनको काम भइरहेको छ।

आजदेखि लिकमा हाटबजार र आवतजावतमा रोक लगाइएको छ । पशु तथा छाडा चौपाया रोक्न पनि सम्बन्धित पालिकामार्फत निर्देशन दिइएको छ । अनुमति बिना रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ ।

रेलवे सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रेल उद्घाटन गर्ने तयारी छ। फागुन ११ गतेभित्र भर्चुअल रूपमा कार्यक्रम गरी रेल उद्घाटन गर्ने तयारी छ।यद्यपी रेल सेवाको औपचारिक उदघाटनको मिति भने तय भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *