फागुन ६ सम्म प्रतिनिधिसभाको बैठक स्थगित
प्रतिनिधिसभाको आजको बैठक थारु आयोगको वार्षिक प्रतिवेदन र शोक प्रस्ताव गर्दै फागुन ६ गतेसम्मलाई स्थगित भएको छ ।
अमेरिकी सहायता परियोजना एमसीसी आज पेस हुने भनिएको भएता पनि सत्तारुढ माओवादी केन्द्रको विरोधका कारण कार्यसूचीमै परेन।
एमसीसीबारे छलफल गर्न बोलाइएको कार्यव्यवस्था परामर्श समितिमा एमसीसी अगाडि बढाउनेबारे सहमति जुटन् सकेन ।
त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) अनुपस्थित रह्यो । एमालेले आज पनि संसद बैठकको अवरोध गर्यो ।