थापागाउँमा बिरालोलाई थापेको पासोमा चितुवा

चन्द्रागिरि नगरपालिका-१ दहचोक थापागाउँमा बिरालोलाई थापेको पासोमा चितुवा फेला परेको छ।

स्थानीय दलबहादुर बुढाले भाडामा लिई सञ्चालन गरेको कुखुराको खोरमा मंगलबार राति सवा १२ बजे चितुवा फेला परेको हो।

बिरालोलाई थापेको पासोमा चितुवा आएर पसेको र अगाडिको दाहिने खुट्टा अड्केको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

चितुवा पासोमा परेपछि महानगरीय प्रहरी प्रभाग बलम्बुबाट प्रहरी गएका थिए। चितुवाको उद्धारका लागि वन कार्यालयलाई जानकारी गराइएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

बिरालोले कुखुरा मारेर दु:ख दिएपछि दलबहादुर बुढाले बिरालोको लागि खोरमा पासो थापेको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *