रात्रिकालीन व्यवसायको समय सीमा हट्यो, चौबिसै घण्टा सञ्चालन गर्न पाउने

सरकारले रात्रिकालीन व्यवसायमा लगाएको समय सीमा हटाएको छ ।

गृह मन्त्रालयले होटल, रेस्टुरेन्ट, डान्स-दोहोरी-क्लब, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई २४ घण्टा नै सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलको सिफारिस अनुसार रात्रिकालीन व्यवसायलाई २४ सै घण्टा सञ्चालन गर्न दिने निर्णय भएको छ। पछिल्लो समय नेपालमा स्थान अनुसार कतै प्रहरीले रेस्टुरेन्टहरुलाई राति ९ बजे नै बन्द गराउँदै आएको थियो भने कतै स्थानीय व्यवसायीसँग अनौपचारिक समन्वयको आधारमा समय सीमा तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *